spot_img
spot_img

दाङमा लकडाउन खुकुलो हुँदै

के के कुरामा हुने भयो सहज ?

राप्ती पोष्ट
दाङ, १४ जेठ । करिव एक महिना अघि देखि दाङ जिल्लामा जारी लकडाउनलाई केही खुकुलो पारिने भएको छ । अव बजार हरेक दिन विहान २ घण्टा खुल्नेछन् भने अन्य केही व्यवसाय र कारोवारका लागि केही खुकुलो पारिएको छ ।

दाङमा तेस्रो पटक लकडाउनको समय थपेर जेठ २५ गतेसम्म पुराइएको छ । पहिलो पटकको लकडाउन बैशाख १७ देखि २५ गतेसम्म लगाइएको थियो । त्यसपछि एक साता थप्दै जेठ १ गतेसम्मका लागि लकडाउन गरिएको थियो । तेस्रो पटक गरिएको लकडाउन जेठ १५ गतेसम्म अर्थात भोलीसम्मका लागि थियो । तेस्रो पटकको लकडाउनको समय सकिनु एक दिन अघि कोरोना संकट व्यवस्थापन केन्द्र दाङको बैठक बसेर केही खुकुलो बनाउँदै लकडाउनको अवधि थप गर्ने निर्णय गरेको थियो ।

जिल्लामा कोरोना संक्रमणको दर केही कम भएको र मृत्युदरमा पनि कमी आएको निश्कर्ष निकाल्दै कोरोना संकट व्यवस्थापन केन्द्रले अझै सावधानी अपनाउनु जरुरी रहेको ठहर गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले यस अघि साताको दुई दिन मात्रै बजार एक घण्टा खोल्ने निर्णयलाई बदलेर अव हरेक दिन विहान २ घण्टा खोल्न दिने निर्णय गरेको हो । अत्याबश्यक बस्तुका पसल विहान ६ बजेदेखि ८ बजेसम्म खुल्नेछन् । अत्यावश्यक खाद्यान्न पसलहरुले स्वास्थ्य सुरक्षाको मापदण्डलाई भने कडाइका साथ पालना गर्नुपर्नेछ ।

यस्तै जिल्लामा रहेका बैंकहरुलाई साताको दुई दिनको समय तोकिएकोमा सोही अवधिमा समय थप गरिएको छ । अव जिल्लाका बैंकहरु सातामा दुई दिन विहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछन् । यसैगरी निर्माण सामग्री विक्रिका लागि बेलुका छ बजेदेखि राती ९ बजेसम्मको समय निर्धारण गरिएको छ । यस्तै नदिजन्य पदार्थ ओसार पसारका लागि विहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।

यसैगरी सिमेन्ट उद्योगले बोक्ने चुन ढुङ्गाका लागि पनि समय निर्धारण गरिएको छ । बैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार घोराही सिमेन्ट उद्योगका लागि बेलुका ५ बजेदेखि राती १२ बजेसम्म र सोनापुर सिमेन्ट उद्योगलाई विहान ९ बजेदेखि बेलुका ७ बजेसम्मको समय निर्धारण गरिएको छ । केहि दिन यता दाङ जिल्लामा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img