spot_img
spot_img

महासंघले दाङको संचार अवस्था अध्ययन गर्ने

 

केन्द्रिय अध्यक्ष, उपाध्यक्ष र काउन्सील सदस्यलाई स्वागत

राप्ती पोष्ट
घोराही, ११ जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा रहेका संचार माध्यम र संचारकर्मीको अवस्थाका बारेमा अध्ययन गर्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङको आज (मंगलबार) बसेको नियमीत बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले हालसम्म भएका गतिविधिको समिक्षा गरेको थियो । जिल्लामा कोरोना संक्रमणका कारण प्रभावित भएका पत्रकारहरुलाई भेटेर स्वास्थ्य लाभको कामना गरिएको, केही स्वास्थ्य सामग्री प्रदान गरिएको र आइसोलेशन संचालनका लागि तयारी गरिएको समिक्षा गरिएको थियो ।

महासंघले स्थापना गरेको आइशोलेसनमा हालसम्म कुनै पनि पत्रकार बस्नु नपरेको भएपनि प्राप्त सहयोग रकमबाट सहायता कोष स्थापना गर्ने बारेमा छलफल भएको थियो । यसैगरी महासंघले संक्रमीत पत्रकारहरुको उपचारमा सहजिकरण गरेको र आगामी दिनमा पनि यी कार्यहरुलाई निरन्तरता दिदै अगाडी बढ्ने निर्णय गरियो ।
कोरोना महामारीको समयमा जिल्लामा रहेका सञ्चारमाध्यमहरुको अवस्थाको बारेमा अध्ययन गर्नकालागी उपाध्यक्ष सन्तोष सुवेदी संयोजक, सहसचिव दशरथ घिमिरे र कोषाध्यक्ष शरद रेग्मी सदस्य रहेको अध्ययन समिति गठन गरिएको छ ।

बैठकमा नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्यहरु विपुल पोख्रेल नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा, उदय जि.एम केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको र शरद अधिकारी प्रेस काउन्सील नेपालको सदस्यमा मनोनित हुनुभएकोमा बधाई ज्ञापन गरिएको थियो । बैठकमा उहाँहरुले मन्तव्य राख्नुभएको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य बबई गाँउपालिका ४ हापुरेका लक्ष्मण बस्नेतको यही जेठ ३ गते र उहाँको वुवा टोपबहादुर बस्नेतको जेठ २ गते कोरोना भाईरस संक्रमणका कारण असामयिक निधन भएकाले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय गरेको सचिव आर के शितलले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img