spot_img
spot_img

के भयो आज वान टु वान बार्तामा

राप्ती पोष्ट समाचारदाता
दाङ, २ जेठ । केही महिनासम्म नदिका दुई किनारा जस्तै भएका नेकपा एमालेका नेताहरुका बीचमा एकता नजिक देखिएको छ । पार्टीमा देखिएको विवाद समाधानका लागि एक्ला एक्लै छलफलमा जुट्नुभएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालका बीच आज (आइतबार) पनि छलफल भयो । छलफलबाट पार्टीमा देखिएको विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ ।

सिंहदरबारमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तापछि पार्टी विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन गरिएको हो । जसमा संस्थापन पक्षका तर्फबाट सुवाव नेम्वाङको नेतृत्वमा र नेपालका तर्फबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा सदस्यहरु राखिएको छ ।

स्रोतका अनुसार अध्यक्ष केपी ओलीको तर्फबाट स्थायी समिति सदस्य सुवास नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, पूर्व सचिव तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल र स्थायी समिति सदस्य विष्णु रिमाल रहनुभएको छ भने नेता नेपालको तर्फबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट,स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ ।

कार्यदललाई समस्या समाधानकालागि निश्चित समय नदिइएको भएपनि पाँच दिन भित्र निश्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । नेता नेपालले तीन दिनमा सुझाव तयार पार्ने प्रस्ताव राख्नुभएको भएपनि प्रधानमन्त्रीले यो जिम्मेवारी कार्यदललाई दिने बताउनुभयो ।

कार्यदलले २०७५ जेठ २ गतेको एमालेको सांगठानिक अवस्था र वरिष्ठ नेता नेपालले पेश गर्नुभएको ६ बुँदे सुझावलाई केन्द्रमा राखेर छलफल र निचोड निकाल्ने बताइएको छ ।

पार्टीमा देखिएको समस्या समाधानका लागि कार्यदल बनाइएपछि नेकपा एमालेमा लामो समयदेखि जारी तिक्तता र बेमेलको अवस्था हट्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img