spot_img
spot_img

प्रधानमन्त्रीका रुपमा ओलीको तेस्रो शपथ

प्रधानममन्त्रीका रुपमा ओलीको तेस्रो शपथ

दाङ, ३१ बैशाख । नेपालको ४३ औं प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले तेस्रोपटक शपथ लिनुभएकोछ । केही दिन यता देखिएको राजनीतिक अन्यौललाई चिर्दै ओली तेस्रो पटक प्रधानमन्त्री बन्नु भएको हो ।

ओलीले नेपालको संविधानको धारा ७६(३) अनुसार संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । विहीबार राष्ट्रपतिको निवास शितलनिबासमा आयोजित कार्यक्रममा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

२०७२ सालमा संविधान निर्माण भएपछि ओली पहिलो पटक प्रधानमन्त्री बन्नु भएको थियो । यसपछि २०७४ सालमा भएको निर्वाचनमा गठवन्धनका तर्फबाट प्रधानमन्त्री बन्नुभएको थियो । त्यतिवेला नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचनमा होमिएका थिए । दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा उहाँसंग स्पष्ट बहुमत थियो भने मधेशवादी दलले पनि समर्थनदिंदा उहाँ दुई तिहाइको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । माओवादीले विश्वासको हात झिकेपछि ओलीले संसदमा विश्वास परिक्षण गर्नुभएको थियो । उहाँको पक्षमा विश्वासको मत आउन नसकेपछि उहाँ स्वतः पदमुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपतिले तीन दिनको समय दिएर नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गनुभएको थियो । दलहरुले यो समयमा दावी पेश गर्न नसकेपछि ओली ठूलो दलको हैसिहतमा प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको थियो । संसदमा नेकपा एमाले एक्लैको १२१ सांसद रहेका छन् ।

प्रधानमन्त्री ओलीसँगै नवनियुक्त उपप्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुले पनि शपथ लिनुभएको थियो । यस अघि सरकारमा रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई राष्ट्रपतिले उपप्रधानमन्त्री रुपमा शपथ गराउनुभएको थियो । त्यस्तै मन्त्रीहरुमा रामबहादुर थापा बादल, विष्णु पौडेल, प्रदिप ज्ञवाली, हृदेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ, लिलानाथ श्रेष्ठ, पार्वत गुरुङलाई जिम्मेवारी दिनुभयो । त्यस्तै राज्यमन्त्रीहरुमा पुरानै रामविर मानन्धर, नवराज रावत र विमला विकलाई हुनुभएको छ ।

शुक्रबार भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । तेस्रो पटक प्रधानमन्त्री बनेसँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने व्यक्ति पनि ओली नै हुनुभएको छ ।

कोको भए मन्त्री ?
ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
रामबहादुर थापा बादल, गृह
टोपबहादुर रायमाझी, उर्जा
विष्णु पौडेल, अर्थ
प्रदिप ज्ञवाली, परराष्ट्र
हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्ट, उद्योग, बाणिज्य तथा आपूर्ति
कृष्णगोपाल श्रेष्ठ, शिक्षा
प्रभु साह, सहरी विकास
भानभुक्त ढकाल, पर्यटन
मणिचन्द्र थापा, खानेपानी
पद्मा अर्याल, कृषि
बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
गौरीशंकर चौधरी, श्रम, रोजगार
पार्वत गुरुङ, सञ्चार
शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ, कानून
गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले, वन
जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ, युवा तथा खेलकुद

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार