spot_img
spot_img

तुलसीपुरमा कोरोना आइसोलेसन अस्पतालबाट सेवा सुरु

अव केही सहज हुने विश्वास

दाङ÷तुलसीपुर उपमहानगरपालिकाको पहलमा निर्माण गरिएको कोरोना आइसोलेसन अस्पतालमा कोरोना संक्रमित बिरामीलाई राखेर उपचार गर्न थालिएको छ ।

अक्सिजन सहितको ५० बेडको अस्पतालको सम्पूर्ण तयारी पुरा भएपछि गत सोमबार देखि सेवा आरम्भ गरिएको हो । पहिलो दिन तुलसीपुर उपमहानगरपालिका–८ र तुलसीपुर उपमहानगरपालिका –६ का दुईजना कोरोना संक्रमित बिरामीलाई भर्ना गरिएको थियो ।

निरन्तरको मेहनत र संघर्षपछि तुलसीपुर कोरोना आइसोलेसन अस्पताल संचालनमा आएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा सेवा सुचारुभएसंगै नगर प्रमुख पाण्डेले प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालमा संचालनमा विभिन्न तह र क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

मेयर पाण्डेले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ । ‘तुलसीपुर कोरोना आइसोलेसन हस्पिटल तुलसीपुर–८ अस्वारामा सेवा प्रारम्भ भएको छ । अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निर्माणमा खट्ने निर्माण व्यवसायी, तथा मजदुर, सहयोगी महानुभावहरु कर्मचारी, स्वयंमसेवक र स्थानीय दाजुभाइ दिदीबहीनीहरु सबैलाई धन्यवाद ।’

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार