राप्ती पोष्ट
दाङ, २८ चैत । दाङको घोराहीमा भएको दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ।
प्रतिस्पर्धि नवलपरासीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मि दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो। गुल्मिले नवलपरासीलाइ पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१५ ले हराएको हो।
उपाधी संगै नगद १ लाख, ट्रफि र मेडल हात पारेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको पाल्पाले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुपन्देही तेस्रो र प्यूठान चौथो भएका हुन्।
रुपन्देहीले प्युठानलाइ ३–१ को सेटमा हराउँदै तेस्रो स्थान कायम गरेको हो भने प्यूठान चौथो भएको हो। तेस्रो भएको रुपन्देहीले नगद ३५ हजार र चौथो भएको प्युठानले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ।



