राप्ती पोष्ट
दाङ, २८ चैत । दाङमा भएको दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। पाल्पालाइ ३(० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको हो।
रुपन्देहीले पहिलो सेटमा २५(१७, दोस्रो सेटमा २५(१८ र तेस्रो सेटमा ३०(२८ ले पाल्पालाई हराएको हो। उपाधिसँगै नगद १ लाख, ट्रफि र मेडल हात पारेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको पाल्पाले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको हो।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दिया चौथो स्थानमा रहेका छन। रुकुमले बर्दियालाई ३(१ को सेटमा हराउदै रुकुम पूर्व तेस्रो स्थान हात पारेको हो। पहिलो सेट हारेको रुकुम पूर्वले त्यसपछि लगातार तीन सेट जित्दै तेस्रो स्थान बनाउन सफल भएको हो। तेस्रो भएको रुकुम पूर्वले नगद ३५ हजार र सान्त्वना भएको बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ।



