spot_img
spot_img

लायन्स क्लव नारायणपुरद्वारा दुईजनालाई सम्मान

राप्ती पोष्ट

घोराही, माघ । लायन्स क्लव नारायणपुरले दुई जना व्यक्तित्वलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा सामाजिक क्षेत्रमा सक्रिय प्रेमबहादुर डाँगी र सांगेतिक क्षेत्रमा सक्रिय यागेश्वर बस्नेत हुनुुहन्छ ।

लायन्स क्लव नारायणपुरका अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम लायन्स इन्टरेनशल डिष्ट्रिक ३२५ एनका निवर्तमान गभर्नर विनोद कुमार श्रेष्ठको उपस्थितिमा कार्यक्रम भएको थियो ।

उक्त अवसरमा नारायणपुर क्षेत्रमा रहेर सामाजिक सेवाको क्षेत्रमा योगदान गर्नुभएका सिद्धरत्ननाथ क्याम्पसका अध्यक्ष डाँगीलाई सम्मान गरिएको थियो । २००२ सालमा जन्मनु भएका डाँगी नारायणपुर माविको पनि संस्थापक रहेर भूमिका निर्वाह गर्नुभएको थियो ।

यस्तै साविक ढिकपुर गाउँ विकास समितिमा पर्ने पोखरा निबासी बस्नेत करिव चार दशक देखि गीत संगीतको क्षेत्रमा सक्रिय हुनुहुन्छ । रेडियो नेपालबाट २०४० सालतिर श्वर परीक्षा उत्तिण गर्नुभएका बस्नेतका करिव एक सय गीत रेकर्ड भइसकेका छन् । हाल उहाँ विभिन्न विद्यालयमा संगीत शिक्षकका रुपमा कृयाशिल हुनुुहुन्छ । उहाँलाई लायन्स क्लव नारायणपुरका पूर्व अध्यक्ष लिलाधर शर्मा ‘विटु’ले आफ्ना बावुको स्मृतिमा स्थापित लालु उपाध्याय स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

लायन्स क्लव नारायणपुरका उपाध्यक्ष विनोद कुमार केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही १०का अध्यक्ष दिपक पाण्डे, पूर्व शिक्षक चन्द्रकान्त लम्साल, प्याव्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, लायन्स ३२५ एनका सिनियर एक्जुकेटीभ चिफ लव नरसिंङ अधिकारी, जोन चियर पर्शन शरद अधिकारी, पुरस्कृत तथा सम्मानित प्रेमबहादुर डाँगी र यागेश्वर बस्नेत लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्नेहरुले लायन्स क्लव नारायणपुरले सामाजिक सेवाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । स्वास्थ्य शिविर, रक्तदान, खाद्यान्न सहयोग लगायतका विभिन्न कार्यक्रम गरिरहेको लायन्स क्लवले नारायणपुर क्षेत्रमा रहेर समाजका विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्न थालेकोमा उपस्थित सहभागिहरुले खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर श्रेष्ठले लायन्स क्लवहरुले विश्वभर कुनै न कुनै सेवाका काम गरिरहेको बताउनुभयो । उहाँले नारायणपुर क्षेत्रमा रहेको क्लवले गरिरहेको गतिविधिका बारेमा आफू जानकार रहेको बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष धनेश्वर आचार्यले बिषय बस्तुमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन पूर्व अध्यक्ष शरद गौतमले गर्नुभएको थियो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार