spot_img
spot_img

टिप्पर समितिमा पुनः भरतनाथ योगीको नेतृत्व

राप्ती पोष्ट

घोराही, माघ । स्वर्गद्वारी टिप्पर यातायात प्रालिको शुक्रबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले भरतनाथ योगीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा सुदन केसी, प्रथम उपाध्यक्षमा जितबहादुर वली, द्वितिय उपाध्यक्षमा ओमकान्त रेग्मी, तृतिय उपाध्यक्षमा विमल पौडेललाई चयन गरिएको छ । यसैगरी सचिवमा गोपाल श्रेष्ठ, सह सचिवमा भक्त बस्नेत, कोषाध्यक्षमा जोगमणि रेग्मी र कल्याणकारी प्रमुखमा नारायण घिमिरेलाई चयन गरिएको छ ।

१३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा भोजराज खत्री, बसन्त राज भण्डारी, गिरु क्ेसी र महेश खनाल हुनुुहुन्छ । यसैगरी लेखा समितिको संयोजकमा शोभाकर डाँगी सदस्यहरुमा नवराज पाण्डे, अनिलकुमार बस्नेत र खगेन्द्र बुढालाई चयन गरिएको छ । साधारण सभा तथा अधिवेशनले भेषराज खत्री, लक्ष्मण आचार्य, कृष्ण घर्ती र हाँसीमान पुनलाई सल्लाहकारमन चयन गरेको छ ।

अध्यक्ष भरतनाथ योगीको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनको उद्घाटन राप्ती त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले व्यावसायिक क्षेत्रमा गरिने कतिपय व्यवहारहरुमा सुधार नभएको गुनासो गर्नुभयो । उहाँले सवै व्यवसायी नियमानुसार चल्नुपर्ने धारणा राख्दै नियम बमोजिम नचल्दा नै समस्या हुने गरेको बताउनुभयो ।

उहाँले पछिल्लो समय टिप्पर व्यवसायीहरु विस्थापित भइरहेको तर्फ सवै चिन्तीत हुनुपर्ने बताउनुभयो । उहाँले टिप्पर व्यवसायीलाई अनुशासन कायम राख्न पनि आह्वान गर्नुभयो । आफूहरुले यातायात प्राधिकरण गठन गर्नका लागि पटक पटक भनेको भएपनि त्यसको सुनुनवाई नभएको गुनासो गर्नुभयो ।

उक्त अवसरमा टिप्पर व्यवसायी समितिका संस्थापक अध्यक्ष गिरिराज सुवेदीले टिप्पर व्यवसायीलाई संगठित भएर अघि बढ्न आह्वान गर्नुभयो । व्यवसायीहरु एकतावद्ध नभएका कारणले गर्दा हिजोका दिनमा ठूला कम्पनीले फुटाएको इतिहास संझाउँदै अव मिलेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले उद्योगलाई सहयोग गर्न व्यवसायीहरु पनि तयार हुनुपर्ने र व्यवसायीको मर्काका बारेमा पनि उद्योग गम्भिर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, दाङ ट्रयाक्टर व्यवसायी समितिका अध्यक्ष चिन्तामणि आचार्य, सिस्नोपानीका दाङ अध्यक्ष डा. लोकराज पराजुली लगायतले व्यावसायिक हितका लागि सवै एक हुनुपर्ने धारणा राख्नुभयो । उक्त अवसरमा उत्कृष्ठ व्यवसायीका रपमा धनेश्वर भण्डारी र दशीराम चौधरीलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ठ चालकका रुपमा सन्देशराज श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सचिव शोभाकर डाँगीले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार