spot_img
spot_img

गुरुकुल एकेडेमीहरूद्वारा संयुक्त विज्ञान प्रदर्शनी

राप्ती पोष्ट

दाङ, माघ । दाङ जिल्लामा सञ्चालनमा रहेका गुरुकुल एकेडेमी तुलसीपुर, गुरुकुल एकेडेमी घोराही र गुरुकुल एकेडेमी लमही ले आज संयुक्त रूपमा विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेका छन् । विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास, सिर्जनशीलता अभिवृद्धि तथा प्रयोगात्मक शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रदर्शनीमा कक्षा अनुसार तयार पारिएका विभिन्न विज्ञान परियोजना, मोडेल, चार्ट र प्रयोगात्मक सामग्री प्रदर्शित गरिएको थियो। भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, वातावरण विज्ञान, सूचना प्रविधि तथा नवीकरणीय ऊर्जासँग सम्बन्धित परियोजनाहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए । विद्यार्थीहरूले दैनिक जीवनमा विज्ञानको प्रयोग कसरी हुन्छ भन्ने विषयलाई सरल र व्यवहारिक ढंगले प्रस्तुत गरेका थिए ।

वर्षा पानी संकलन प्रणाली, सौर्य ऊर्जाबाट चल्ने उपकरण, वातावरण प्रदूषण नियन्त्रणका उपाय, मानव शरीरको संरचना, स्मार्ट कृषि प्रणाली, फोहोर व्यवस्थापन तथा डिजिटल प्रविधिमा आधारित नमूनाहरू प्रदर्शनीका मुख्य आकर्षण रहेका थिए। विद्यार्थीहरूले आफ्ना परियोजनाबारे आत्मविश्वासका साथ व्याख्या गर्दै अतिथिहरूका जिज्ञासाको उत्तर दिएका थिए ।
कार्यक्रमका क्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा प्रधानाध्यापकहरूले यस्ता गतिविधिले विद्यार्थीलाई पुस्तक केन्द्रित शिक्षाबाट व्यवहारिक शिक्षातर्फ उन्मुख गराउने बताए ।

उनीहरूले विज्ञान प्रदर्शनीले अनुसन्धान क्षमता, समस्या समाधान सीप र प्रस्तुति कलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका थिए । प्रदर्शनी अवलोकन गर्न आएका अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको मेहनत, नवप्रवर्तन र सिर्जनशील सोचको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउँदै लैजान सुझाव दिएका छन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार