सम्पादकीय
नियत र नियती भन्ने दुई शब्द एकआपसमा मिल्दाजुल्दा लागे पनि तिनको अर्थ र प्रयोग फरक–फरक छन् । दुवै गहिरो दर्शनसँग सम्बन्धित छन् । नियत भन्नाले कसैको मनको भावना, उद्देश्य, सोच वा इरादा जनाउँछ । कुनै कार्य गर्नु अघि व्यक्तिको मनमा के विचार छ, त्यो उसको नियत हो । जस्तो कसैले कसैका लागि केही दान ग¥यो भने त्यो उसको राम्रो नियत हो । कसैलाई सहयोग गर्नु राम्रो हो । दान दिनु राम्रो हो । समान खालको व्यवहार गर्नु राम्रो हो । कसैले बाहिर राम्रो व्यवहार ग¥यो तर भित्र दुःख दिने उद्देश्य छ भने त्यस्तोमा नियतमा खोटो छ भन्न सकिन्छ । परिभाषागत रुपमा भन्ने हो भने नियत भनेको व्यक्ति भित्रको सोच, मनको उद्देश्य र कर्म गर्ने इरादा हो । नेपाली उखान पनि छ, ‘नियत राम्रो भए, नतिजा पनि राम्रो हुन्छ ।’ यसैगरी ‘नियत सफा छ भने डराउनु पर्दैन ।’ भन्ने भनाई पनि छ । अव हेरौं नियती भनेको के हो ? नियती भन्नाले भाग्य, प्रारब्ध, भविष्यमा लेखिएको घटना वा अवस्था जनाउँछ । यो सामान्यतः व्यक्तिले नियन्त्रण गर्न नसक्ने कुराहरू लाई जनाउन प्रयोग गरिन्छ । कसैले धेरै मेहनत गर्छ तर सफल हुँदैन भने भनिन्छ कि ‘यसको नियतीमा त्यही लेखिएको रहेछ ’ दुर्घटनामा परेर कसैको मृत्यु भए पनि मानिस भन्छन् ‘यो त नियतीको खेल हो ।’ नियती भनेको भाग्य वा समयले तय गरेको मार्ग हो, जसमा मानिसको नियन्त्रण सीमित हुन्छ । नेपाली उखान ‘नियतीले जति दिँदैन, त्यो मेहेनतले पनि सक्दैन ।’ भन्ने भित्र धेरै मर्म लुकेको छ । यहि भएर भनिएको होला, ‘नियतीसँग कसैले जित्न सक्दैन ।’
यसरी हेर्दा नियत र नियती एउटै कुरा जस्तो देखिन्छ तर होइन यि दुवै फरक कुरा हुन । नियत राम्रो हुन सक्छ नियतीले राम्रोलाई नराम्रो बनाइदिन सक्छ । नियत राम्रो राखेर काम गरियो भने राम्रो हुन्छ । नियत खराव राखेर काम गरियो भने त्यसबाट परिणाम नराम्रो नै आउँछ । राम्रो नियत राखेर काम गर्दा नराम्रो भइदिन सक्छ । तर नियत नै खराव रहेछ भने त्यसबाट राम्रो परिणाम आउन सक्दैन । राम्रो सोच्यो राम्रो हुन्छ । नराम्रो सोच्यो नराम्रो हुन्छ । राम्रो सोच्यो राम्रो हुन्छ । चेतना हुने मानिसले नै नियत राम्रो वा नराम्रो दुवै राख्न सक्छ । नियत राम्रो हो कि होइन भन्ने कुरा व्यवहारमा देखिन्छ । ‘मैले राम्रो सोचेर गरेको थिए ।’ भनियो भने त्यहाँ राम्रो नै हुनुपर्छ । नराम्रो काम गर्ने तर परिणाम राम्राका लागि गरेको थिए भनियो भने त्यो त राम्रो कुरा हुँदै हुँदैन । हामीले राम्रो आफ्नो बारेमा सोच्छौं । आफ्नो राम्रो होस, आफ्नो फाइदा होस । आफ्नो हित होस । आफूले मात्रै सफलता हालिल गरौं भन्ने मात्रै सोचिरहेका हुन्छौं । भन्नेहरुले कसैका लागि पनि नराम्रो नियत राख्नु हँुदैन भन्छन् । मानिसले मानिसलाई असल व्यवहार गर्नुपर्छ । सवैलाई समान व्यवहार गर्नुपर्छ । नियतीले कसैलाई ठग्यो भने त्यो अर्को कुरा हो । कसैले पनि कसैलाई नियत राखेर ठग्नु हुँदैन । कहिलेकाँही राम्रो सोचेर काम गर्दै गर्दा सफलता नमिल्न सक्छ । राम्रो सोचेर गरिएका कामहरुमा तत्काल फाइदा नहुन सक्छ । कहिलेकाँही समयले न्याय नगर्न सक्छ । समयले न्याय गरेन भनेर भाग्यलाई धिक्कार्ने, हतोत्साहित हुने गर्नु हुँदैन ।
कसले कसमाथि राम्रो वा नराम्रो नियत राखेको छ भन्ने कुरा थाहा नै नहुने रहेछ । हाम्रो समाजमा रहेका सवै खालका सम्वन्धहरुमा स्वार्थ देखिन्छ । नियत देखिन्छ । आमा र सन्तानको सम्वन्धमा स्वार्थ हुँदैन भनेर भनिन्छ तर होइन, सन्तानले भोली पाल्दा, सुख देला भनेर अभिभावकहरुले सन्तानको हेरचाह गर्दछन् । रेखदेख गर्दछन् । सन्तानलाई माया गर्ने कुरामा नियत हुन्छ भने अरुको कुरामा नियत नहुने कुरै भएन । नियत राम्रो राख्दा राख्दै नियतीले राम्रो परिणाम दिन सकेन भने त्यस्तो बेलामा मेहनत अझै पुगेको रहेनछ भन्ने रुपमा बुझ्नुपर्छ । मानिसले मेहनत ग¥यो भने एक पटक असफल हुँदा असफल भएको भन्दैन । सिकाई बढेको ठान्छ । नियतीले ठग्ने होइन नियत कसैले खराव राख्दा नै मानिस ठगिने हो । हेपिने हो । संकुचनमा पर्ने हो । यस कारणले गर्दा नियत सफा राख्नुपर्छ । कसैलाई समाप्त पार्दछु । कसैलाई बर्वाद पार्दछु भनेर लाग्ने हो भने आज जसले अरुलाई बर्वाद पार्दछु भनेर लागिरहेको हुन्छ केही समयपछि त्यसको बर्वादीको दिन आउनेवाला छ भनेर बुझ्नुपर्छ । यस कारणले गर्दा नियत र नियतीलाई संयोजन गरेर अघि बढ्नुपर्छ । नियतीले हामीलाई ठग्यो भनेर मौन बस्ने, कर्म नगर्ने होइन कि मेहनत अझै बढाउनुपर्छ । नियत असल राखेर काम गरियो भने नियतीले कहिल्यै ठग्न सक्दैन, हेप्न सक्दैन, दवाउन सक्दैन । हराउन सक्दैन ।



